Odapalika - The Fourth Estate - चौथो अंग
अपांगता भएकालाई ब्ल्यांकेटदेखि हर्लिक्ससम्म बाँढ्दै देवघाट गाउँपालिका 

काठमाडौं । तनहुँको देवघाट गाउँपालिकाले पालिकाभित्रका अपांगता भएका व्यक्तिलाई ब्ल्यांकेटदेखि हर्लिक्सम्मका खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्ने भएको छ । 

गाउँपालिकाले पूर्ण र अतिअपांगता भएका १३० जनालाई ब्ल्यांकेट, तन्ना, १ दर्जन लुगा धुने सावुन, ४ वटा नुहाउने सावुन र आधा केजी हार्लिक्स वितरण गर्न लागेको गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख सुभद्रा भट्टराईले वडापालिकालाई जानकारी दिइन् । 

उनका अनुसार यी सामग्री सम्वन्धित वडामै पुगेर लक्षित वर्गलाई वितरण गर्ने कार्यक्रम छ । अपांगता भएका व्यक्तिलाई जाडो समयमा समस्या नहोस् भनेर चालु आर्थिक वर्षबाट पालिकाले ४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । 

यो बजेटबाट सामग्री खरिद गरेर वडा वडामा रहेका पूर्ण र अति अपांगता भएका व्यक्तिलाई सामग्री वितरण गरिने शाखा प्रमुख भट्टराईले जानकारी दिइन् । 

उनकाअनुसार भोलि अर्थात १४ कात्तिकमा वडा नम्बर ५ मा, १५ गते वडा नम्बर १ मा, १६ गते वडा नम्बर २ का २ स्थानमा, १७ गते वडा नम्बर ३ मा र १८ गते वडा नम्बर ४ मा वितरण गर्ने कार्यतालिका छ । 

सम्वन्धित वडाअध्ययक्ष र गाउँपालिका उपाध्यक्षको रोहवरमा अपांगता परिचयपत्र नविकरण गरेका व्यक्तिलाई यी सामग्री हस्तान्तरण गरिने भट्टराईको भनाइ छ । 


 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update