Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं महानगर : विद्युतीय गाडी बिक्री निःशुल्क, सोरुम दर्तामा ५० हजार 

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र बिक्री सोरुमका डिलर (बस, कार, मोटरसाईकल) तथा चार्जिङ स्टेशन दर्ता निशुल्क गर्ने भएको छ । 

महानगरले जारी गरेको आर्थिक विद्येयक २०८० अनुसार महानगरपालिकाभित्र रहेका विद्युतीय गाडी तथा मोटरसाईकल बिक्री गर्ने डिलर र चार्जिङ स्टेशनको दर्ता निःशुल्क हुने उल्लेख गरेको हो । 

विद्युतीय गाडीका सोरुम निःशुल्क गरेको महानगरले मोटर तथा कारका बिक्री सोरुम दर्तामा भने ५० हजार शुल्क लिने उल्लेख गरेको छ । 

आर्थिक विद्ययेक २०८० अनुसार महानगरभित्र रहेका मोटर÷कार बिक्री सोरुम दर्ता गर्दा ५० हजार रुपैयाँ, रिकन्डिसन चार पांग्रे सवारी साधन बिक्री कक्षका लागि २५ हजार, मोटरसाइकल बिक्री सोरुमको २५ हजार, रिकन्डीसन मोटरसाइयकल खरिद बिक्रीका लागि १० हजार, साइकल बिक्री सोरुमका लागि ३ हजार रुपैयाँ तोकेको हो । 

यस्तै, सवारी साधनको पाटपूर्जा, टायरट्युब हेलमेट आदी थोक बिक्रीका लागि १० हजार, सवारी साधनको पाटपूर्जा, टायरट्युब हेलमेट आदी खुद्रा बिक्री (५०० वर्ग फिट सम्म) का लागि ३ हजार र सवारी साधनको पाटपुर्जा, टायरट्युव खुद्रा बिक्री (५०० वर्ग फिट मन्दा बढी) का लागि ५ हजार शुल्क तोकेको हो । 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update