Odapalika - The Fourth Estate - चौथो अंग
कलैयामा प्रधानअध्यापकमाथि कसले हान्यो गोली ? 

काठमाडौंँ । बाराको कलैया नगरपालिका वडा नम्बर ६ स्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यपक रुपेश सरार्फमाथि गोली प्रहार भएको छ । 

२ वटा मोटरसाईकलमा आएका ४ जना व्यक्तिले मदरसा टोलमा सर्राफमाथि गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । 

गोली लागेर घाइते भएका प्रधानअध्यापकको अवस्था नाजुक छ । उनको घाँटी तथा छातीमा गोली लागेको छ । गोली प्रहारलगत्तै स्थानीय कलैया अस्पताल लगिएपनि उनको सो अस्पतालमा उपचार हुन नसकेपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी परिवारका सदस्यले गरिरहे पनि कसले र किन गोली प्रहार गरेको हो भन्ने विषय खुल्न नसकेको प्रहरीले जनाएको छ । गोली हानेर भागेकाको खोजी भइरहेको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update