Odapalika - The Fourth Estate - चौथो अंग
आधार शिविरबाट राष्ट्रसंघका महासचिवले देखेको जलवायु परिवर्तनको असर 

काठमाडाैँ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले, नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको  गम्भीर असर देखेको बताएका छन् । 

आज सगरमाथा आधार शिविर पुगेका उनले नेपालको हिमालय क्षेत्रमा मौसमी असरको  दर्दनाक अवस्था देखेको बताएका छन् । 

आधिकारीक ट्वीटर ह्याण्डलबाट महासचिव गुटेरेसले, आफू माउन्ट एभरेष्टको आधार शिविरमा पुगेको र आफूले हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन् । 

उनले तापक्रम वृद्धी र हिउ पग्लिने क्रमको बढोत्तरीका कारण समग्र जीवन र जीवनशैली नै चुनौतिपूर्ण बनेको बताएका छन् । 

उनले हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण पग्लिएको हिउँका कारण समुन्द्रीमा पानीको मात्रा बढ्दै गएकोतर्फ सचेत गराएका छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update