Odapalika - The Fourth Estate - चौथो अंग
संघीय संसदमा भोलि ४ बजे बोल्दै राष्ट्रसंघका महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भोलि अर्थात १४ कात्तिकमा संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन् । 

सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक मंगलबार अपराह्न ४ बजेलाई तोकिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले बताए ।

गौतमले सोमबार जारी गरेको सूचनामा कात्तिक १४ गते चार बजे बैठक बस्ने उल्लेख छ । उनका अनुसार संयुक्त बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधि सभा बैठक कक्षमा बस्नेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update