Odapalika - The Fourth Estate - चौथो अंग
विद्युतीय व्यापार विधेयक प्रतिवेदन १६ कात्तिकमा पारित गर्ने तयारी 

काठमाडौँ । प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गरी समितिको आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ । 

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिको निर्देशन सुनाउँदै समिति सचिव मनोजकुमार गिरीले समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को सम्बन्धमा दफावार छलफल सम्पन्न गरेको बताए । उनले समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्नेगरी प्रतिवेदन पेस गर्न नर्देशन दिएको बताए । 

‘विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को सम्बन्धमा समितिले आज दफावार छलफल सम्पन्न गरेको छ । समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्नेगरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानून मन्त्रालयसँगको समन्वयमा सचिवालयले प्रतिवेदन तयार गर्नेछ । १६ गते बस्ने बैठकबाट पारित हुनेछ,’ उनले भने ।

सचिव गिरीले सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानून मन्त्रालयसँगको समन्वयमा सचिवालयले प्रतिवेदन तयार गर्ने र कार्तिक १६ गते बस्ने समितिको बैठकबाट पारित गर्ने बताए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update