Odapalika - The Fourth Estate - चौथो अंग
संसदीय समितिमा यस्तो छ भौतिकमन्त्रीको चाड लक्षित बयान 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले, तिहार अघि नै भत्किएका सडकको मर्मत सम्भार सक्ने दाबी गरेका छन् । 

प्रतिनिधि सभा अन्र्तगतको पूर्वाधार विकास समिति बैठकमा उनले दशैँसम्म ५० प्रतिशतभन्दा बढि सडक मर्मत सम्भारको काम सम्पन्न भएको र तिहारसम्म सम्पूर्ण काम सक्ने बताएका हुन् । 

‘दशैँभन्दा अगाडि जुन तयारी गरेका थियौ, कम्तीमा ५० प्रतिशतभन्दा बढिको उपलब्धी हासिल गरेको निष्कर्ष निकालेका छाँै । यो मर्मत सम्भारका सन्दर्भमा त्यो काम निरन्तर जारी नै छ ।’ 

उनले भने ‘अब तिहारसम्म बाँकी ५० प्रतिशत जसरी पनि पूरा गर्नुपर्छ । आजको हाम्रो बैठकको निष्कर्ष भनेको दशैँसम्म हामी ५० प्रतिशत मर्मत सम्भारको काम सकेका छौँ भने बाँकी ५० प्रतिशत भने तिहारसम्म हामीले सक्ने भनेर निर्देशन दिएका छौँ । यसलाई नियमित रुपमा छलफल गरेर अगाडि बढाउँछौ ।’

यस्तै, दशैँमा भाडालगायतका विषयमा अघिल्लो वर्षमा जस्तो समस्या नदेखिएको उनको दाबी छ । 

चर्को भाडा असुल्ने, दोहोरो टिकट काट्ने, सिट नदिनेलगायतका यसअघिका गुनासो यस पटक नआएको मन्त्री ज्वालाको भनाई छ । 

उनले भने, ‘भाडा बढि लिन नपाउने, दोहोरो टिकट काट्ने, सिट नदिने खालको चर्चा भएका विषयहरु थिए । सबै विषयलाई छलफल गरेर त्यसको पनि समाधान गर्ने प्रयास गरेका थियौ । यसवर्ष १३ लाख मानिसहरु उपत्यका बाहिर गएको छ । यसपटक टिकट विना कोही पनि बाहिर जान नपाउँने व्यवस्थालाई लागू गरेपछि यसपटक पहिलाको जस्तो गुनासो आउँन पाएको छैन् । काठमाडौं उपत्यकामा मात्रै १ हजार ७ सय २४ वटा गुनासोहरुको सुनुवाई भएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयबीच समन्वय गरेर समाधान गर्ने खालको योजना बनेका थिए ।’

उनले दशैँ केन्द्रित गरेर १६ वटा नागरिक साझा कक्ष स्थापना गरेर समस्या समाधानको कोसिस गरिएको बताए । 

‘यस वर्ष हामीले पूर्व तयारी, सरोकारवालासँग पटक पटक छलफल पनि गरेका हुनाले दशैँमा यातायात व्यवस्थापन गर्नको लागि सहज भएको थियो । सबै जनाको सक्रियताले पनि यसपटकको चाडपर्वमा सहज रुपमा यात्रुहरु घर पुग्ने अवस्था भयो। यस पटक ठूलो दुर्घटना पनि भएको छैन्, यसले हामलिाई धेरै सन्तुष्टि दिएको छ । यसवर्ष जाम पनि कम भएको छ,’ उनले भने । 

त्यस्तै उनले तिहार र छठलाई लक्षित गरेर यातायात व्यवस्थित गर्न आवश्यक तयारी गरिएको पनि बताए । 

‘दशैँ, तिहार र छठ जस्तो पर्वलाई लक्षित गरेर सडक पूर्वाधारलाई सहज बनाउँने र यातायात व्यवस्थालाई व्यवस्थित गर्ने कुरामा केन्द्रीत भएर बैठक पनि बसेका छौँ । ४५० किलो मिटर जुन राजमार्गहरु छन्, तिनीहरुको स्तरउन्नतीको काम पनि भईरहेको छ । सार्वजनिक सवारी साधनहरुलाई कसरी व्यवस्थित गर्ने र यातायात व्यवस्थापनलाई सहज बनाउँने हिसाबमा कामहरु पनि अगाडि बढाएका छौ,’ उनले भने । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update