आजको पञ्चाङ्ग
तिथि: तृतीया, नक्षत्र : कृतिका, करण: वव, चन्द्रराशि: वृष, सूर्योदय: ६ः१४, सूर्यास्त: १७:१९, दिनमानः २७ :४३ घडी, राहुकाल: दिनको ३:०० देखि ०४:३० सम्म ।
तपाईँको आज
मेष (चु चे चो ला लि लु ले लो अ)
आजको दिन लाभ हुनेछ ।समयले पूरै साथ दिनेछ । रमाइलोसँग दिन बित्नेछ । विद्यामा सफल तथा सन्तानको प्रगति सुनिनेछ ।
वृष (इ उ ए ओ बा बि बु बे बो)
साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा आएको समस्या कम हुनेछ । कार्य क्षेत्रमा लागिनेछ ।
मिथुन (का कि कु घ ङ छ के को ह)
तपाईँको आज खर्चिलो दिन हुनेछ । दाजुभाइ नै शत्रु भने हुनेछन् । बसेको स्थान छोड्नु पर्नेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
आज अचानक धनलाभ हुनेछ । गरेको कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । भेटघाटमा समय खर्चिनु पर्नेछ ।
सिंह (मा मि मु मे मो टा टि टु)
सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।
कन्या (टो प पि पु ष ण ठ पो)
गरेको कामको जश पाइनेछ । भाग्यले पूरा साथ दिनेछ । लेनदेनको कारण छोटो यात्रा होला ।
तुला (र रि रु रे रो ता ति तु ते)
आज जे गर्नुहुन्छ त्यो कामले सफलता पाउन कठिन छ । सामान गुमाउन सकिनेछ । निकै सोचविचार गरेर मात्र काम गर्नुहोला ।
वृश्चिक (तो ना नि नु ने नो या यि यु)
आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । कुनै सामान प्राप्त हुनेछ । आजको यात्रामा सुखद हुनेछ ।
धनु (ये यो भा भि भु ध फा ढा भे)
आज समय ठिकै रहेकाले काम कम मात्र बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिदैन । शत्रुपक्ष सबल देखिनेछन् ।
मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)
आज तपाईँको बोलीको सम्मान हुने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि दिनेछ । मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ ।
कुम्भ (गु गे गो सा सि सु से सो दा)
आज कुनै सामानको दुरुपयोग हुनेछ । महत्वपूर्ण कार्य छुट्नेछन् । मन निरुत्साहित हुनेछ ।
मीन (दि दु थ झ ञ दे दो चा ची)
वन्धुवर्ग नै शत्रु बन्लान् । सामान्य विवादमा पर्न सकिन्छ । धैर्यताको साथ लिएर काम गर्नुहोला ।