Odapalika - The Fourth Estate - चौथो अंग
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ललितपुरको आग्रह

काठमाडौं । ललितपुर महानगरपालिका अन्तरगत वडा नम्बर २६ ले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि आह्वान गरेको छ ।

वडाले एक सूचना जारी गर्दै यसअघि सामाजिक सुरक्षा भत्ता पाएका लाभग्राहीलाई भदौ मसान्त भित्र नवीकरण गर्न आग्रह गरेको हो । 

‘नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनु भएका लाभग्राहीहरुले प्रत्येक वर्ष आफ्नो परिपयपत्र नवीकरण गराउनु पर्ने व्यवस्था भएकोमा आथिक वर्ष २०८०÷०८१ को लागि यही मिति २०८० साल भाद्र मसान्तभित्रै लाभग्राही आफै २६ नम्बर वडा कार्यालयमा उपस्थित भई अनिवार्य नाम नवीकरण गरी सक्नुहुन अनुरोध गरिन्छ,’ वडाले जारी गरेको सूचनामा भनिएको छ । 

वडा अध्यक्ष सुरेश महर्जन सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि सम्बन्धित व्यक्ति स्वयम कार्यालयमा उपस्थित हुनुपर्ने बताउँछन् । 

वडाले नवीकरण गर्नका लागि नागरिकता प्रमाणपत्रको फोटोकपी, बिधवा एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको फोटोकपी, अपागंता भएका व्यक्तिले हकमा अपांगताको परिचयपत्रको फोटोकपी, बाहिरी जिल्लाबाट आउनु भएकाको हकमा बसाई सराईको फोटोकपी र पासपोर्ट साइजको एक प्रति फोटो ल्याउनुपर्ने वडाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update