Odapalika - The Fourth Estate - चौथो अंग
३ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा  

काठमाडौँ । संघीय संसद अन्तर्गतका विभिन्न ३ वटा समितिको बैठक आज (मंगलबार) बस्दैछन् ।

प्रतिनिधिसभाका कानून, न्याय तथा मानव अधिकार समिति,कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानव अधिकार समितिमानेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुर; बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटनाका सम्बन्धमा समितिमा छलफल हुने भएको छ । 

सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बस्नेबैठकमा नेपालका कारागारहरूमा रहेका कैदी र थुनुवाहरूको मानव अधिकारको अवस्था सम्बन्धी विषयमा छलफल गरिने संघीय संसद सचिवालयले जनाएको छ । 

यस्तै, प्रतिनिधिको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि दिउँसो १ बजे बोलाइएको छ । बैठकमामाछा, दुध, मल र चिनीको बिक्री बितरणमा रहेका समस्या सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपुर्ति, गृह र अर्थ मन्त्रालयसँग छलफल गरिने छ । 

साथै खाद्य स्वच्छता सम्वन्धी विधेयकको प्रगति विवरण सम्बन्धमा पनि समितिमा छलफल हुने सचिवालयले उल्लेख गरेको छ । 

खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन सम्बन्धमा छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको पनि बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे समिति सभाकक्ष सिंहदरबारभित्र बस्दै छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update