Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह कर्मचारीको आन्दोलन ४२ हजार घाटामा !

काठमाडौँ । संघीय निजामति सेवा विधेयकका प्रवाधानप्रति असन्तुष्टि जनाउदै काठमाडौँ र पालिका केन्द्रीत आन्दोलन गरेका स्थानीय तहका कर्मचारीहरुको आन्दोलनमा भएको खर्च सार्वजनिक गरिएको छ । 

स्थानीय तह केन्द्रीय संघर्ष समितिको व्यानगरमा काठमाडौँको माइतीघर–बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा ८ लाख ३७ हजार ३११ रुपैयाँ सहयोग संकलन भएकोमा आन्दोलनका क्रममा ८ लाख ७९ हजार ३६५ रुपैयाँ खर्च भएको संघर्ष समितिका सहसंयोजक इश्वरबहादुर सिंहले जानकारी दिएका छन् । 

आन्दोलनका क्रममा ४२ हजार ५४ रुपैयाँ ऋण लागेको र खर्च भएको मध्ये ४२ हजार ५४ रुपैयाँ तिर्न बाँकी रहेको उनको भनाई छ । 

समितिले आन्दोलनका क्रममा भएको आम्दानी र खर्चको विवरणसमेत सावैजनिक गरेको छ । 

खर्च विवरण अनुसार विभिन्न पालिकाले संस्थागत र व्यक्तिगत रुपमा आन्दोलनका लागि चन्दा सहयोग गरेका थिए । 

समितिका अनुसार व्यक्तिगत र संस्थागत रुपमा १० हजार भन्दा माथि रकम सहयोग गर्नेको संख्या १३ छ भने ७ वटा प्रदेश समितिहरु र केन्द्रीय संघर्ष समितिका सदस्य र पदाधिकारीबाट जम्मा ८ लाख ३२ हजार ८११ रुपैयाँ संकलन भएको छ । 

समितिका अनुसार यो खर्चमा स्थानीय तहमा भएका आन्दोलनका क्रममा भएको खर्चसमेत समावेश छ । २२३ भन्दा वढी पालिकाले सम्वन्धित पालिकामा संघर्षका कार्यक्रम निरन्तर जारी राखेको समितिले जनाएको छ । 

आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयनका लागि दबाव दिन आज केन्द्रीय पदाधिकारी र प्रदेश संयोजकहरुको बैठकसमेत बस्न लागेको समितिका महासचिवसमेत रहेका धामीले जानकारी दिए । 


 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update