Odapalika - The Fourth Estate - चौथो अंग
मेयरले लगाइदिएको ढाका टोपीमा चिटिक्क गुटेरस

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज पोखराबाट फर्किएलगत्तै संघीय संसदको दुबै सदनलाई सम्वोधन गर्दैछन् । 

पोखराबाट अन्नपूर्ण बेस क्याम्पसम्मको यात्रा गरेका उनले नेपालका हिमाल पल्गलदै गएकामा चिन्तामात्र जाहेर गरेनन्, जलवायु परिवर्तनको असर र कार्वन उत्सर्जनबापत नेपालले पाउनुपर्ने लाभका विषयमा उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण पनि गराउने बताएका छन् । 

guteress21698736759.jpg

महासचिव गुटेरेसको पोखरेली स्वागत भने भव्य त थियो नै उनी पोखरा पुग्दा खाँटी नेपालीजस्ता पनि देखिए । 

गुटेरेसलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उप प्रमुख मञ्जुदेबी गुरुङ लगायतले ढाका टोपी लगाएरै स्वागत गरे । 

पोखरा महानगरका प्रमुख आचार्यले लगाइदिएको ढाकाटोपीमा उनले तस्विर खिचिदिन आग्रह गरे । आफ्नै तस्विर हेरेर मुसुक्क मुस्कुराए । 

पोखरा भ्रमणका लागि आउनुभएका महासचिव  गुटरेसले आफूलाई पोखरेली जनताको तर्फबाट गरिएको स्वागत सत्कार प्रति खुसी व्यक्त गरे । पोखरा भ्रमणका क्रममा गुटरेसले पुम्दिकोट स्थित भुमेश्वर महादेव मूर्तिको चारैतर्फबाट हिमाल, ताल र समग्र पोखराको अवलोकन गरे ।

guteress 11698736758.jpg

सो क्रममा उनले हिमालहरूको बारेका निकै चासोका साथ जिज्ञासा समेत राखे । पोखरा महानगरपालिकाका प्रमुख आचार्यले महासचिव गुटरेसलाई सन् १९५० मा टोनी हेगनले खिचेका हिमालय श्रृखला देखी हिमालहरूको बारेमा ब्रिफिङ गरिदिए । 

महासचिव गुटरेसले फिस्टेल लजदेखि तालबाराही मन्दिरसम्म बोटिङ पनि गरे । गुटरेस नेपाली सेनाको हेलिकोप्टर मार्फत अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किएका छन् । बेसक्याम्पबाट फर्किएपछि पोखरा विमानस्थलमा पत्रकार सम्मेलनमा उनले हिमालबारे चिन्ता जाहेर गरेका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update