Odapalika - The Fourth Estate - चौथो अंग
चिचिला गाउँपालिकाकाे अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनमा जे देखियाे...

काठमाडौँ । ‘लोपोन्मुख संस्कृतिको संरक्षण गरौंः छिमेकी मुलुकसँग सांस्कृतिक सम्बन्ध सुदृढ बनाऔं’ भन्ने नाराका साथ संखुवासभाको चिचिला गाउँपालिकामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ ।

चिचिला गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको संयोजन मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले गरेका हुन् । 

पासाङ नुर्वू शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा चिचिलाकै १०७ वर्षीय शताब्दीपुरुष मानबीर पैंजो गुरुङ ‘दारी लामा’ रहेका थिए । उनी वोन संस्कृतिका धरोहर पनि हुन् । 

नेपाल र भारतको झण्डा राखेर गरिएको उक्त सम्मेलनमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । सुरुमा भारत सरकारबाट संयोजकलाई लेखेको सम्मान तथा शुभकामनापत्र वाचन पनि गरिएको थियो । 

चिचिला गाउँपालिकाभित्रका तमु छोंझधी समुदाय, लोहोरुङ समुदाय, तामाङ समुदाय खालिङ समुदाय, दर्जी समुदाय, क्षेत्री समुदाय, याम्फू समुदाय, खालिङ समुदाय, कुलुङ समुदाय, थुलुङ समुदाय, दर्जी समुदाय, विक समुदाय, मेवाहाङ समुदाय, शेर्पा समुदाय, हेभेन्ली पाथको सामूहिक सांस्कृतिक  झाँकी र छुट्टाछुट्टै मौलिक झाँकी पनि प्रस्तुत गरिएको थियो । 

विद्यालयका शिक्षक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न पालिकाका प्रतिनिधि, जातीय समुदाय र कलाकाहरू पनि सहभागी भएका थिए । 

धर्मदेवी नगरपालिकाको याख्खा समुदायले डोकेनी सिली खाँदबारी नगरपालिकाले लोहोरुङको चण्डी नाच, पाँचखपन नगरपालिकाले  नेवार समुदायको (लाखे) र चैनपुर नगरपालिकाका उपप्रमुख नेवारी धिमेनाच सहभागी गराएका थिए । 

सभापोखरी गाउँपालिकाले लिम्बू समुदायबाट च्याब्रुम नाच, भोटखोला गापाले भोटिया समुदायको स्याप्रु नाच, मकालु गाउँपालिकाले याम्फू समाजको च्याब्रुम  र तामाङ समुदायको डम्फू सेलो प्रस्तुत गरेका थिए ।भारतको असम कार्वी आङ्लोङका कार्वी कुर्फो अमाइका पाँच समुदायले नाच, गीत र वाद्यवादन प्रस्तुत गरेका थिए ।

chichila-cultural1698739989.jpg

chichila-cultural1698739989.jpg

61698740184.jpg

51698740182.jpg

31698740180.jpg

41698740179.jpg

21698740178.jpg

11698740177.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update