Odapalika - The Fourth Estate - चौथो अंग
एकैदिन ५ संसदीय समितिको बैठक बस्दै, कसका के एजेण्डा ? 

काठमाडौँ । आज संघीय संसदका पाँच समितिका बैठक बस्दैछन् ।  प्रतिनिधिसभाका ३, राष्ट्रियसभाको १ र संयुक्त समितिका १ गरी ५ वटा समितिको बैठक बुधबारको लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ । 

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक,२०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न लागेको छ । बैठक बिहान ११ बजेको लागि बोलाइएको छ ।

यस्तै, प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,महिला तथा सामाजिक मामिला समिति र संसदीय सुनुवाइ समितिको पनि बैठक आजै बस्दै छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४ औं बैठक बिहान ११ः३० बजेबोलाईएको छ ।  बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी बिषयका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक आज पनि बस्दै छ । ११ बजे बस्ने बैठकले विभिन्न स्थानका बाल सुधार गृहहरुको अनुगमन सम्बन्धमासमितिले गरेको अध्ययन र मंगलबारको छलफललाई निरन्तरता दिने बताइएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजेका लागि बोलाईएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकले निर्वाचन आयोगका कामकारवाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update