Odapalika - The Fourth Estate - चौथो अंग
४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । 

हाल देशभर मौसम आंशिकदेखि सामान्य बदली रहि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज राति देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।  

आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकोले मनसुनी वर्षा विस्तारै घट्दै गएको छ । 

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्लेमा ५२ दशमलव ५ मिलिमिटर भएको छ । यस्तै दिपायलमा ५१ दशमलव ९, पोखरामा ४४ दशमलव ९, डडेलधुरामा १५ दशमलव २, विराटनगरमा ११ दशमलव ९ र काठमाडौंमा ३ मिलिमिटर वर्षा मापन भएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update