Odapalika - The Fourth Estate - चौथो अंग
पश्चिमी वायुको आंशिक प्रभावले यस्ताे हुनेछ आजको मौसम 

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसमसफा रहेको छ ।

दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का भने हिमपातको सम्भावना रहेको भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update