Odapalika - The Fourth Estate - चौथो अंग
रामन्द्र पौडेलका छोराले भने– राष्ट्रपतिको भूमिकाको विषयमा व्यक्त आशय मुलुकको हितमा छैन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले सर्वाेच्च अदालतको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

सर्वाेच्च अदालतले राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलमुक्त भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरिदिएपछिको सन्दर्भमा चिन्तन पौडेलको यस्तो धारणा आएको हो ।

उनले सर्वाेच्चको निर्णय स्वागतयोग्य भएको बताए । तर, संबैधानिक राष्ट्रपतिलाई कार्यकारी भूमिकामा हुनुपर्ने भन्ने आशय व्यक्त भएकोमा उनको आपत्ति छ । पौडेलले यस्तो आशय मुलुकको हितमा नभएको बताएका छन् ।

‘सर्वोच्चको निर्णय स्वागतयोग्य छ । तर संबैधानिक रास्ट्रपतिलाई कार्यकारी भुमिकामा हुनुपर्ने भन्ने आशय जो व्यक्त भैरहेकोछ– यो मुलुकको हीतमा देखिन्न,’ पौडेलले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update