Odapalika - The Fourth Estate - चौथो अंग
तारा एयरका दुई क्यापटेनले युनिफर्ममै किन गरे कुटाकुट ?

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले तारा एयरका दुई क्यापटेनको लाइसेन्स निलम्बन गरेको छ । 

शुक्रबार बिहान रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गरेका तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । 

ड्युटी आवरमै हात हालाहाल गरेका उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइएको प्रधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । 

उनका अनुसार शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।

तारा एयरले भने कम्पनीका कारण झगडा नभई उनीहरुको व्यक्तिगत कारणले झगडा भएको जनाएको छ । 

कम्पनीका प्रवक्ता सुदर्शन बर्तौताले उनीहरुबीच झगडाको विषयमा एयरले अनुसन्धान सुरु गरेको भन्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update