चेम्बरले भूकम्पबाट प्रभावित परिवालाई खाद्यान्न लगायत आवश्यक सामग्री सहयोग गर्ने
आइतबार, कात्तिक १९, २०८०

प्रधानमन्त्रीको भने : चिसोको मौसम छ, राज्यको सबै शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं
आइतबार, कात्तिक १९, २०८०
‘३ दिन हामी राहतका निम्ति अधिकतम राम्रो गर्न पहल गरौं । पुनस्र्थापना प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ। भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्मिाणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ । आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम...

भूकम्पले भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमै स्वास्थ्य सेवा
आइतबार, कात्तिक १९, २०८०
गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले जानकारी दिईन । भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्न स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको उनको भनाइ छ ।

‘विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था अहिलेको प्राथमिकता’
शनिबार, कात्तिक १८, २०८०
भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन् । भूकम्पपीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन् । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न वितरण गरिएको छ । सङ्घीय र प्रदेश सरकारसँग एक हजार परिवारको पुनःस्थापनाका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरिएको छ । विस्थापित परिवारलाई व्यवस्थापन गर्नेतर्फ लागिरहेका छौँ...

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते
शनिबार, कात्तिक १८, २०८०
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

सरकारले जाजरकोट र रुकुम पश्चिमलाई पाँच/पाँच करोड सहायता उपलब्ध गराउने
शनिबार, कात्तिक १८, २०८०
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिलाई निर्देशन दिइसकिएको बैठकपछि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि प्रदेश सरकारले गरे राहतको घोषणा
शनिबार, कात्तिक १८, २०८०
शनिबार दिउँसोसम्म लुम्बिनी प्रदेशनले डेढ करोड, कोशी सरकार र बुद्ध एयरले एक एक करोड रुपैयाँ तथा विश्व खाद्य कार्यक्रमले ५ मेट्रिकटन चामल उपलब्ध गराउने घोषणा गरेका हुन्।

सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय
शनिबार, कात्तिक १८, २०८०
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले क्लष्टरलाई सक्रिय बनाउने निर्णय गरेको हो ।